विदेश

जापानको पहिलो महिला प्रधानमन्त्री

काठमाडौ,४ कार्तिक ।जापानले इतिहास रचेको छ । देशले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)की अध्यक्ष सानाई टाकाची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। मंगलबार संसदको तल्लो सदनले उनलाई प्रधानमन्त्रीमा चयन गरेको हो। जापानको सबैभन्दा ठूलो दल एलडीपीले जापान इन्नोभेसन पार्टीसँग गठबन्धन गरी नयाँ सरकार गठन गर्न लागेको छ। ६४ वर्षीया टाकाची एक महिनाअघि … Continue reading जापानको पहिलो महिला प्रधानमन्त्री

थप पढ्नुहोस् »

इजरायलमा मारिएका विपिन जोशीको शव आज नेपाल आइपुग्ने

काठमाडौं,३ कार्तिक । इजरायलमा मारिएका नेपाली नागरिक विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको पार्थिव शरीर फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइँदै छ। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थलमा उपस्थित हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। हमासले जोशीलाई २०८० असोज २३ गते … Continue reading इजरायलमा मारिएका विपिन जोशीको शव आज नेपाल आइपुग्ने

थप पढ्नुहोस् »

फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजाय

काठमाडौँ २ कार्तिक । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल पठाइने भएको छ । सार्कोजीलाई सन् २००७ को राष्ट्रपतीय चुनावका लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ। योसँगै उनी युरोपेली संघको इतिहासमा जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रप्रमुख बन्ने भएका छन्। सार्कोजीलाई पेरिसस्थित ला सान्ते कारागारमा राखिनेछ। उनलाई एकान्त कक्षमा … Continue reading फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजाय

थप पढ्नुहोस् »

एयर चाइनाको विमानमा आगलागी: आपतकालीन अवतरण

काठमाडौ,२ कार्तिक । एयर चाइनाद्वारा सञ्चालित एक यात्रुवाहक विमानमा शनिबार लिथियम ब्याट्रीमा आगलागी भएपछि सुरक्षित रूपमा चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ। पूर्वी चिनियाँ सहर हाङझाउबाट दक्षिण कोरियाको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको उक्त विमानमा आगलागी भएको एयर चाइनाले जनाएको छ। एयरलाइन्सले वेइबोमा जारी गरेको विज्ञप्तिअनुसार, उडानका क्रममा ओभरहेड बिनमा राखिएको यात्रुको … Continue reading एयर चाइनाको विमानमा आगलागी: आपतकालीन अवतरण

थप पढ्नुहोस् »

पाकिस्तान र अफगानिस्तानबीच युद्धविरामको सहमति

काठमाडौ,२ कार्तिक । हालैको द्वन्द्वमा तीन युवा क्रिकेटरसहित दर्जनौँ नागरिकको मृत्यु भएपछि पाकिस्तान र अफगानिस्तानले तत्काल युद्धविराममा सहमति गरेका छन्। कतारको पहलमा दोहामा भएको उच्चस्तरीय वार्तामा दुवै देशका प्रतिनिधिहरूले युद्धविराम लागू गर्न र सीमा क्षेत्रमा दिगो शान्ति कायम गर्न संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन्। उक्त वार्तामा टर्कीले पनि मध्यस्थतात्मक भूमिका खेलेको थियो। बीबीसीका अनुसार, … Continue reading पाकिस्तान र अफगानिस्तानबीच युद्धविरामको सहमति

थप पढ्नुहोस् »

ढाका विमानस्थलको कार्गो खण्डमा आगलागी, उडान स्थगित

काठमाडौं,१ कार्तिक । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएपछि सबै उडान अस्थायी रूपमा बन्द गरिएको छ। बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो नियन्त्रणमा लिन ३६ वटा दमकलका युनिट खटाइएका छन्। अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, “दिउँसो करिब २:३० बजे विमानस्थलको गेट नम्बर ८ नजिकैको … Continue reading ढाका विमानस्थलको कार्गो खण्डमा आगलागी, उडान स्थगित

थप पढ्नुहोस् »

रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

काठमाडौ,१ कार्तिक । दक्षिणी रूसको बास्कोर्तोस्तान क्षेत्रमा अवस्थित एक रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ। क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार घटनाको पुष्टि गरेका हुन्। गभर्नर खाबिरोभका अनुसार विस्फोटको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र विशेषज्ञ टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। रूसी सञ्चारमाध्यमका अनुसार बास्कोर्तोस्तान क्षेत्रको स्टर्लिटामाकस्थित सो कारखानाले युक्रेन युद्धका लागि … Continue reading रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

थप पढ्नुहोस् »

सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

काठमाडौं,३१ असोज ।नेपालले ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ। आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेर इतिहास रचेको हो। २१२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सामोआ २० ओभरमा ७ विकेट गुमाउँदै केवल ८७ … Continue reading सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

थप पढ्नुहोस् »

नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य

काठमाडौ,३१ असोज । ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस जितेर सामोआले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन जोड्यो। नेपालका लागि ओपनर आसिफ शेख र दीपेन्द्रसिंह ऐरी ले अर्धशतक प्रहार गर्दै शानदार प्रदर्शन गरे। आसिफले ४१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६९ … Continue reading नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य

थप पढ्नुहोस् »

पाकिस्तानमा आत्मघाती आक्रमण:सात सैनिकको मृत्यु

काठमाडौ,३१ असोज । पाकिस्तानको उत्तरी वजीरिस्तानस्थित मिर अलीमा रहेको सैन्य शिविरमा शुक्रबार भयानक आत्मघाती आक्रमण भएको छ। उक्त आक्रमणमा परेर सात जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्। तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का लडाकुहरूले आक्रमणको जिम्मेवारी लिएका छन्। फाटा क्षेत्रमा अलकायदा लडाकुहरूका विरुद्ध पाकिस्तानी सेनाले कारबाही थालेपछि विभिन्न लडाकु समूहहरू मिलेर सन् २००७ मा … Continue reading पाकिस्तानमा आत्मघाती आक्रमण:सात सैनिकको मृत्यु

थप पढ्नुहोस् »