विदेश

खाडीबाट नेपाली उद्धार गर्न तीन दिन विशेष उडान

काठमाडौँ,२० चैत । परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि आज (शुक्रबार)देखि तीन दिन विशेष उडान सञ्चालन गर्ने भएको छ। मन्त्रालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म नेपाल एयरलाइन्समार्फत युएईको दुबई र साउदी अरबको दमाममा विशेष उडान गरिनेछ। पहिलो उडान शुक्रबार राति ११ः१५ बजे काठमाडौँबाट दुबईका लागि प्रस्थान गर्नेछ भने सोही विमान शनिबार बिहान स्थानीय समय अनुसार … Continue reading खाडीबाट नेपाली उद्धार गर्न तीन दिन विशेष उडान

थप पढ्नुहोस् »

रूसी सैन्य विमान दुर्घटनामा २९ जनाको मृत्यु

दाङ,१८ चैत । क्रिमियन प्रायद्वीपमा रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ। रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात विमानमा ६ जना चालक दल र २३ जना यात्रु सवार थिए। दुर्घटनामा सबैको ज्यान गएको पुष्टि भएको छ।विमान नियमित उडानमा रहेका बेला मङ्गलबार साँझ करिब … Continue reading रूसी सैन्य विमान दुर्घटनामा २९ जनाको मृत्यु

थप पढ्नुहोस् »

रूसद्वारा पेट्रोल निर्यातमा चार महिने प्रतिबन्ध

दाङ,१४ चैत । रूसले अप्रिल १ देखि जुलाई ३१ सम्म पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले ऊर्जा मन्त्रालयलाई प्रतिबन्धसम्बन्धी प्रस्ताव तयार गर्न निर्देशन दिएका छन्। रूसले यो कदम घरेलु आपूर्ति कायम राख्न र मूल्य नियन्त्रण गर्न लक्षित रहेको जनाएको छ। हाल रूसले दैनिक करिब एक लाख २० हजारदेखि एक लाख ७० … Continue reading रूसद्वारा पेट्रोल निर्यातमा चार महिने प्रतिबन्ध

थप पढ्नुहोस् »

प्रधानमन्त्री शाहलाई मोदीको बधाई

दाङ,१३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिँदै साहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमा राखेको विश्वास झल्काएको बताएका छन्। उनले नेपाल र भारतबीचको मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्‍याउन प्रधानमन्त्री साहसँग नजिकबाट काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन्। भारत र नेपालबीचको सम्बन्धलाई … Continue reading प्रधानमन्त्री शाहलाई मोदीको बधाई

थप पढ्नुहोस् »

अनलाइन ठगीमा फसेका ५१ नेपालीको कम्बोडियाबाट उद्वार

काठमाडौ,११ चैत ।कम्बोडियामा अनलाइन ठगी र गैरकानुनी काममा संलग्न गराइएका ५१ नेपालीको उद्धार गरिएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरुलाई उद्धार गरी गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो। दूतावासका अनुसार उनीहरु विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका थिए र त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा काम … Continue reading अनलाइन ठगीमा फसेका ५१ नेपालीको कम्बोडियाबाट उद्वार

थप पढ्नुहोस् »

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

काठमाडौ,१० चैत। कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। दक्षिणतर्फ उडान भरेको केही समयपछि नै सी–१३० हर्कुलस विमान दुर्घटनाग्रस्त भएको हो। विमानमा १ सय १४ सैनिक र ११ जना चालक दलका सदस्य सवार रहेका थिए। वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले दुर्घटनामा ठूलो मानवीय क्षति भएको जानकारी … Continue reading कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

थप पढ्नुहोस् »

अमेरिका–इरान वार्ताः ट्रम्पद्वारा आक्रमण स्थगित

दाङ,९चैत । अमेरिका र इरानबीच सप्ताहान्तमा वार्ता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच रचनात्मक वार्ता भएको बताएका छन्। उनले तत्कालका लागि इरानका ऊर्जा प्लान्टमा गर्ने भनिएको आक्रमण स्थगित गरेको जानकारी दिए। सिएनएनका अनुसार अमेरिका पाँच दिनका लागि इरानी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने निर्णयमा पुगेको छ। “अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा रचनात्मक वार्ता … Continue reading अमेरिका–इरान वार्ताः ट्रम्पद्वारा आक्रमण स्थगित

थप पढ्नुहोस् »

लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु गर्ने तयारी

काठमाडौं,८ चैत । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने तयारी भएको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतको विदेश मन्त्रालयले उक्त मार्ग हुँदै व्यापार सञ्चालनका लागि अनुमति दिइसकेको छ। लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट करिब ५६ किलोमिटरभित्र पर्ने भूभाग हो। यो क्षेत्र हाल भारतको … Continue reading लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु गर्ने तयारी

थप पढ्नुहोस् »

होर्मुज नखोले पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको धम्की

काठमाडौं,८ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज जलमार्ग पूर्ण रूपमा नखोलिए इरानका ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन्। ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै होर्मुज जलमार्ग नखोले अमेरिकाले इरानका पावर प्लान्टहरूलाई निशाना बनाउने बताएका हुन्। उनले आक्रमणको सुरुवात सबैभन्दा ठूलो प्लान्टबाट गरिने उल्लेख गरेका छन्। यस चेतावनीपछि इरानले पनि कडा प्रतिक्रिया … Continue reading होर्मुज नखोले पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको धम्की

थप पढ्नुहोस् »

इरानी नेताद्वारा लारिजानीको हत्याको बदला लिने चेतावनी

काठमाडौं,५ चैत ।इरानका नेता मुजतबा खमेनेईले इजरायलको आक्रमणमा मारिएका सुरक्षा प्रमुख अली लारिजानीको हत्याको बदला लिने चेतावनी दिएका छन्।इरानी सञ्चारमाध्यममा प्रकाशित विज्ञप्तिमा उनले लारिजानीजस्ता व्यक्तिको हत्या हुनु उनको महत्व र इस्लामका शत्रुहरूको घृणाको संकेत भएको बताएका छन्। ‘हरेक रगतको आफ्नै मूल्य हुन्छ,’ भन्दै उनले दोषीहरूलाई चाँडै कारबाही गरिने उल्लेख गरेका छन्। लारिजानी सुप्रिम नेशनल सेक्युरिटी … Continue reading इरानी नेताद्वारा लारिजानीको हत्याको बदला लिने चेतावनी

थप पढ्नुहोस् »