सूचना प्रविधि

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडौ,२ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गराएको छ। प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी प्लेटफर्म पहिचान गरी बन्द गरिएको हो। उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार हालसम्म अधिकांश सेवा प्रदायकले १० हजारभन्दा बढी यस्ता एप तथा वेबसाइट बन्द गरिसकेका छन् भने नेपाल टेलिकमले मात्रै २१ हजारभन्दा बढी … Continue reading १० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

थप पढ्नुहोस् »

चुनावलाई असर पार्ने सामग्री प्रसारण नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौं,३० चैत । प्रेस काउन्सिल नेपालले चुनावलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित गर्ने सामग्री नप्रसारण गर्न आग्रह गरेको छ। काउन्सिलको बैठकले दल, उम्मेदवार र मतदान प्रक्रियामा असर पर्ने खालका समाचार तथा विश्लेषण प्रकाशन–प्रसारण नगर्न सञ्चारमाध्यमलाई सचेत गराएको हो। विदेशी सञ्चारमाध्यम, विशेषगरी बिबिसीबाट आउने सामग्री काउन्सिलको क्षेत्राधिकार बाहिर पर्ने भएकाले कूटनीतिक माध्यमबाट समाधान खोज्न नेपाल सरकार … Continue reading चुनावलाई असर पार्ने सामग्री प्रसारण नगर्न प्रेस काउन्सिलको आग्रह

थप पढ्नुहोस् »

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिको साधारणसभा

दाङ, २१ चैत । दाङको तुलसीपुरमा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिको साधारणसभा सम्पन्न भएको छ। समितिका अध्यक्ष थमन विश्वकर्मा सितलको अध्यक्षता तथा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको प्रमुख आतिथ्यता र तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऋषिराज भण्डारीले प्रविधिमैत्री वातावरणका कारण मोबाइल व्यवसायको … Continue reading तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिको साधारणसभा

थप पढ्नुहोस् »

सरकारी निकायका सूचना अब सरकारी मिडियामा

दाङ, १९ चैत । सरकारी निकायले अबदेखि विज्ञापन तथा सूचना सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई बुधबार परिपत्र जारी गर्दै आगामी दिनमा सरकारी स्वामित्वका सञ्चारमाध्यममै सूचना र विज्ञापन प्रकाशन/प्रसारण गर्न निर्देशन दिएको हो। परिपत्रमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न, सूचना तथा विज्ञापन प्रणालीमा … Continue reading सरकारी निकायका सूचना अब सरकारी मिडियामा

थप पढ्नुहोस् »

जिम्मेवार र सन्तुलित रिपोर्टिङ गर्न आग्रह

दाङ,२० फागुन । निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै जिम्मेवार र सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा सम्पन्न निर्वाचन केन्द्रित रिपोर्टिङ विषयक छलफलमा यस्तो आग्रह गरिएको हो। छलफलमा मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर सिन्जाली मगरले निर्वाचन अवधिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै सत्यतथ्य समाचार तथा सूचनाको सम्प्रेषण गर्न … Continue reading जिम्मेवार र सन्तुलित रिपोर्टिङ गर्न आग्रह

थप पढ्नुहोस् »

दाङमा डिजिटल प्रणालीबाट मतपरिणाम सार्वजनिक गरिने

दाङ, १५ फागुन । दाङमा निर्वाचनको मतपरिणामलाई डिजिटल प्रणालीबाट सार्वजनिक गर्ने तयारी थालिएको छ।लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम डिजिटल सञ्चार माध्यमबाट सार्वजनिक गर्ने तयारी गरेको जनाएको हो । शुक्रबार घोराहीमा सञ्चारकर्मीसँग आयोजित ‘निर्वाचन र आमसञ्चार’ विषयक छलफल कार्यक्रममा निर्वाचनका क्रममा रिपोर्टिङ कार्यलाई सहज बनाउँदै लुम्बिनी प्रदेशभरकै नतिजा डिजिटल माध्यमबाट … Continue reading दाङमा डिजिटल प्रणालीबाट मतपरिणाम सार्वजनिक गरिने

थप पढ्नुहोस् »

बीबीसी डकुमेन्ट्री हटाउन आयोगको पत्र

काठमाडौं ,१५ फागुन । निर्वाचन आयोग ले जेन–जी आन्दोलनसम्बन्धी भिडियो डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ।बिबिसी वर्ड सर्भिसले तयार पारेको ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ शीर्षकको वृत्तचित्रमा भदौ २३ र २४ गतेको आन्दोलन दबाउने क्रममा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गोली चलाउने आदेश दिएको दाबी गरिएको छ। कार्यवाहक प्रमुख … Continue reading बीबीसी डकुमेन्ट्री हटाउन आयोगको पत्र

थप पढ्नुहोस् »

टिकटकमा ‘इलेक्सन सेन्टर’ सुरु

दाङ,१ फागुन । सामाजिक सञ्जाल प्लेटफर्म TikTok ले आजदेखि नेपालमा ‘इलेक्सन सेन्टर’ सञ्चालनमा ल्याएको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रमार्फत आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। सन् २०२० यता विश्वभर २०० भन्दा बढी निर्वाचनमा सञ्चालन गरिएका निर्वाचन निष्पक्षता तथा नैतिकता सम्बन्धी … Continue reading टिकटकमा ‘इलेक्सन सेन्टर’ सुरु

थप पढ्नुहोस् »

चारदिने फोटो पत्रकारिता तालिम सम्पन्न

दाङ,२२ माघ । तुलसीपुर उपमहानगरपालिकामा महिलाहरूका लागि चारदिने फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ। उपमहानगरपालिकाको आयोजनामा सञ्चारिका समूह दाङ र रोज डिजिटल फोटो प्रालिको समन्वयमा तालिम सञ्चालन गरिएको हो। तालिमको बुधबार एक कार्यक्रमबीच समापन गरिएको थियो। तालिममा १९ वटै वडाबाट प्रतिनिधित्व हुने गरी प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। साथै पत्रकारिता क्षेत्रमा क्रियाशील महिला पत्रकारहरूलाई समेत तालिममा … Continue reading चारदिने फोटो पत्रकारिता तालिम सम्पन्न

थप पढ्नुहोस् »

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

दाङ । नेपाल दूर सञ्चार कम्पनी (नेपाल टेलिकम)को इन्टरनेट सेवा अवरुद्ध भएको छ। आज बिहान सवा ६ बजे देखि सेवा अबरुद्ध भएको हो ।  बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा इन्टरनेटको सर्कुलर मेनलाइन काटिँदा पश्चिम नेपालका अधिकांश क्षेत्रको इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम तुलसीपुर कार्यालयका प्रमुख प्रविण कुमार चौधरीले जानकारी दिए। उनका अनुसार गोरुसिंगे पश्चिम … Continue reading नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

थप पढ्नुहोस् »