तुलसीपुर, पुस ३ । तुलसीपुर उपमहानगरपालिकाले अनाधिकृत रुपमा टासिएका बिज्ञापन हटाएको छ । उपमहानगरले गुरुकुल एकाडेमीले तुलसीपुरको मुख्यबजार भित्र टासिंएका बिज्ञापन बोर्ड हटाएको हो ।
तुलसीपुर बजार (क) लाइनको बिरुवा पेटीको रेलिङमा ‘अनाधिकृत’ रुपमा राखेका बिज्ञापन मंगलबार दिउँसो हटाएको छ ।
मेयर टीकाराम खड्काले स्वच्छाचारी रुपमा गुरुकुलले टाँगेका ‘अनाधिकृत’ बिज्ञापन हटाउन निर्देशन दिएपछि नगरप्रहरी परिचालन गरि बिज्ञापन हटाएका हुन ।

यसअघि जिल्लाको घोराहीबाट मात्रै संचालन हुँदै आएको गुुरुकुलले आउँदो शैक्षिक सत्रदेखि तुलसीपुरमा पनि शाखा संचालनको तयारी गर्दै गर्दा राप्ती राजमार्ग अन्तरगतको मुख्य सडक खण्डको बजार क्षेत्रमा स्वच्छाचारी रुप्मा बिज्ञापन गरेको हुँदा ती हटाउनु परेको मेयर खड्काले बताए ।
‘उपमहानगरमा दर्ता नै नभइ मनोमानी ढंगले गरिएको बिज्ञापन अनाधिकृत थियो,’ मेयर खड्काले भने ‘ त्यस्ता बिज्ञापन हटाउनुको बिकल्प थिएन ।’
तुलसीपुरमा गुरुकुल दर्ता नै नभएको र दर्ता नै नभएको संस्थाले आँफुखुसी बिज्ञापन गर्नु आपत्ति जनक रहेको मेयर खड्काले बताउँदै आएका थिए । त्यसबारे फरककोणले दुई वटा समाचार प्रकासित गरेपछि बल्ल उपमहानगरले गुरुकुलका ‘अनाधिकृत’ भनिएका बिज्ञापन हटाएको हो ।
मेयरको निर्देशन पछि तुलसीपुर – ३ का वडाध्यक्ष बिजय बिक आँफै त्यस्ता बिज्ञापन हटाउनका लागि नगर प्रहरीका साथ पुगेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस