दाङ,७ पुस। गुल्मीमा एक महिनादेखि हराएका व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका-७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
चुँदाराको शव अर्जुन डाँडाको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी डिल्लीनारायण पाण्डेले बताए । चुँदारा गत मंसिर १ मा घरबाट केही नभनी हिँडेका थिए ।
उनको खोजी गरिदिन परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । चेतमानको शव पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याउने तयारी भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस