after_navbar

आँखाको ज्योती फर्कने भएपछि ….


पुष ११, २०८०


उमा भण्डारी

ad

दाङ,११ पुस ।जुम्लाको तिला गाउँपालिका-१ पिरु बस्ने बिक्रम बस्नेत यतिवेला आँखा उपचारका लागि तुलसीपुर स्थित राप्ती आँखा अस्पतालमा छन् । आँखाको नानि पग्लिएर कामै नलाग्ने भएपछि उपचारका लागि उनी राप्ती आँखा अस्पताल पुगेका हुन् । जथाभावी औषधीको प्रयोगले उनको आँखाको नानी पग्लिएर ज्योती नै गुमेको छ । आर्थिक समस्या र गरिविका कारण जीवीकोपार्जन गर्न हम्मे पर्ने बिक्रमले दाङ पुगेर आँखाको उपचार गराउँछु भन्ने कल्पना समेत गरेका थिएनन् ।

ad

गाउँमा आँखा शिविर सञ्चालन गर्न गएको टोलीले उनको आँखाको उपचार निःशुल्क गरिदिने भनेपछि आफु् निकै खुशी भएको उनले सुनाए। अस्पतालका नेत्र विशेषज्ञहरुले आँखाको नानी प्रत्योरोपण हुने र गुमेको ज्योती फर्कने भनेपछि ६२ वर्षका बिक्रम निकै खुशी देखिन्थे ।

ad

शल्यक्रियाको पालो कुरेर बसिरहेका उनले आफ्नो लापरबाहीका कारण आँखाको नानी कामै नलाग्ने भएको बताए । आँखा चिलाउने, दुख्ने समस्या आएपछि  आँखा जाँच नै नगराई गाउँमै रहेको मेडिकलबाट  आफुखुशी औषधी किनेर प्रयोग गर्दा अहिले आँखाको नानी प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।


‘आँखा चिलाउने, दुख्ने गरेपछि गाँउकै अस्पतालबाट औषधी किनेर आँखामा राख्ने गरे केही समय ठिक पनि भयो तर विस्तारै सहनै नसक्ने गरी आँखा दुख्ने, चिलाउने हुन थाल्यो । उनले भने-‘ एकवर्षसम्म त्यही औषधी प्रयोग गरीरहे अहिले नानी नै फेर्नुपर्ने भएछ । ’


केहीसमय पहिले गाउँमा आँखा शिविर सञ्चालन भएपछि त्यहाँ पुगेर आँखा जाँच गराउँदा आँखाको नानी पग्लिएको छ भन्ने थाहा पाएको उनले बताए। उनको शल्यक्रियाको लागि  लाग्ने २८ हजार रुपैयाँ अस्पतालले नै ब्यहोर्ने भएको छ ।


शिविरमा आँखाको नानी फेर्नुपर्ने,गाउँमा उपचार सम्भव नहुने भएपछि उपचार गराउन  राप्ती आँखा अस्पतालमा आएको उनका सहयोगी टकबहादुर बस्नेतले बताए । बिक्रमको एउटा छोरा अपांग, एकछोरा सम्पर्क विहिन र एकछोरा सानै उमेरको भएकोले आफु सहयोगीको रुपमा आएको टेकबहादुरले बताए ।


समय-समयमा गाउँमा शिविर सञ्चालन हुँदै आएको भएपनि अशिक्षा र अन्धविश्वासका कारण यस्ताखाले समस्याहरु देखिने गरेको उनले बताए । आँखा रातो भएमा अक्षता फुकाउन जाने, देउता विग्रिए भन्ने, महिनावारी भएका महिलाले छोएका कारण आँखा रातो भएको, दुखेको हो भन्ने गलत मानसिकताका कारणले समयमा आँखाको चेकजाँच नगर्ने र पछि ठुलो समस्या निम्तिने अवस्था अँझैपनि रहेको उनको भनाई छ ।


 राप्ती आँखा अस्पतालकी कर्निया रोग एवं नेत्र रोग विशेषज्ञ डा. ज्योती साप्कोटाले जथाभावी औषधीको प्रयोग गरेका कारण आँखाको नानी फुट्ने अवस्थामा पुगेको बताइन् । बिक्रमको आँखा फुला परेको र स्टोरेड भन्ने औषधीको मनपरी प्रयोगले नानी पातलीदै गएर कामै नलाग्ने भएको उनले बताइन् ।

बिक्रमको शल्यक्रियाको तयारी गरिरहेकी डा. साप्कोटाले कुनै बिरामीको शल्यक्रिया संगै ज्योती फर्कने र कुनै बिरामीको दोश्रो पटक पनि शल्यक्रिया गर्नुपर्ने हुनसक्ने बताइन्।  उनले नबुझेर औषधी प्रयोग गर्दा त्यसले अमृत र विषको काम एकैपटक गर्ने भएकाले औषधी प्रयोगमा सचेत बन्न आग्रह समेत गरिन् ।


लुम्बिनी अन्धोपनको जटिल समस्यामा
लुम्बिनी प्रदेशमा अन्धोपन समस्या जटिल बन्दै गएको एक तथ्यांकले देखाएको छ । नेपाल नेत्रज्योती संघ राप्ती आँखा अस्पतालले सार्वजनिक गरेको तथ्यांकमा लुम्बिनीमा अँझैपनि २.१ प्रतिशतमा अन्धोपनाको समस्या रहेको उल्लेख गरिएको थियो । बुधबार राप्ती आँखा अस्पताल, छन्दकालेबाबु नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालको सामाजिक लेखा परिक्षण तथा पत्रकार सम्मलेनका अवसरमा प्रदेशको अवस्था बारेमा तथ्यांक प्रस्तुत गरिएको थियो ।

सामान्य अवस्थामा आँखाको उपचार गर्न जरुरी छैन भन्ने मानसिकता, शिक्षाको अभाव, जथाभावी औषधीको प्रयोग, गरिविका कारणले पनि अन्धोपनाको समस्या जटिल बनेको  राप्ती आँखा अस्पतालका प्रशासन प्रमुख शमशेर थापाले बताए ।
बढ्दो जनघनत्व , उमेर, खानपान, डायविटिज र मोतीयाविन्दुको कारणले पनि हाल नेपालमा दैनिक १ सय ७५ जनामा अन्धोपनको समस्या देखिएको उनले जानकारी दिए । उनले अन्धोपनको समस्या न्युनीकरण गर्नका लागि अस्पतालले आँखा शिक्षा कार्यक्रमलाई पनि संगसंगै लगिरहेको बताए । उनले अहिलेपनि २० प्रतिशत नागरिक सुचनाको पहुँचबाट बाहिर रहेकाले उनीहरुमा सचेतना फैलाउने उदेश्यले आँखा शिक्षा कार्यक्रम गा्रमिण एवं सिमान्तकृत समुदायमा सञ्चालन गर्दै आएको जानकारी दिए।

नेपाल नेत्रज्योती संघका सभापति कृष्णकुमार गिरीको अध्यक्षता एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा जिसस प्रमुख सुवेदीले उपचारको रुपमा स्थापना भएको संस्था सेवा क्षेत्रको रुपमा बिस्तार भएको समेत बताए । जनताको आवश्यकताका आधारमा सेवा, शिविर र सेचतनाको काम गर्दै उदाहरणीय समेत बनेको उल्लेख गरे ।
 कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले काठमाडौँ र भैरहवामा मिल्ने सेवा अहिले राप्ती आँखा अस्पतालबाट प्राप्त हुने गरेको बताए । उपचारको रुपमा मात्र नभइ एकाडेमिक तथा रिसर्चको रुपमा पनि काम गर्दै आएकाले  यस क्षेत्रको गौरवको विषय भएको उनले बताए ।
सरकारले साझेदारी नगर्दा दातृ निकायको सहयोग नमिल्ने भन्दै उनले सरकारले यसको अपनत्व ग्रहण गर्न जरुरी रहेको  उल्ेख गरे ॥ बिद्यमान अन्धोपनबाट बचाउनका लागि पालिकाले  सँधै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
‘ आँखा अस्पतालले अंगिकार गरेका नीति  कार्यक्रमहरुलाई कार्यान्वय गर्न स्थानीय सरकारले सहयोग गर्ने छौं । उनले भने-‘ बजारमा आँखा उपचार सेवा भन्दै उभिएका पसलहरुको स्थानीय सरकारले नियमन अनुगमन गर्ने ,सूचीकरण गर्ने काम गर्नेछ । यसका लागि आवश्यक ऐन कानुन बनाएर अगाडी बढ्ने छौ ।’

उपप्रमुख स्यानी चौधरीले आँखा अस्पतालले दिने सेवा उत्कृष्ट रहेको बताइन् । उनले नागरिक स्वयं सचेत बन्न सके सेवा थप प्रभाकारी बन्न सक्ने समेत उल्लेख गरिन्।

वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालले सेवाक्षेत्रको बिकास र स्तरोन्नतिका लागि जनप्रतिनिधिहरु साथ सहयोग रहने  बताए ।  ुचनाको पहुँचबाट टाढा रहेकाहरुलाइ मध्यनजर गर्दै वडामा गएर  आँखा उपचार सम्बन्धि जनचेतना कार्यक्रम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नेपाल नेत्रज्योति संघ अँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुर गन्जको आयोजना,एनएबिपी नर्बेको सहयोग र रिपोर्टस क्लब दाङको समन्वयमा भएको कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका सुचना अधिकारी बालाराम खड्का र रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="