तुलसीपुर, १९ पुस । नेपाल रास्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिको अध्यक्षमा दाङका भागवत पौडेल चयन भएका छन् ।
बुटवलमा हालै सम्पन्न भएको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । नव निर्वाचित अध्यक्ष पौडेल यस अघि लुम्बिनी प्रदेश समितिको सचिवमा रहेर काम गरेका थिए।
पौडेल प्रअ रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले शैक्षिक, भौतिक र आर्थिक क्षेत्रमा गरेको उपलब्धीका आधारमा मेघा विद्यालयको रुपमा सूचिकृत समेत भएर प्रकृया अघि बढिसकेको छ ।
त्यसैगरी नव निर्वाचित समितिको उपाध्यक्षमा बाँकेका शिव शंकर रोका,प्यूठानकी हिमा भण्डारी र रूपन्देहीका डिलुराम तिवारी चयन भएका छन् ।
त्यसैगरी महासचिवमा पाल्पाका सुरेश प्रसाद गौतम, उपमहासचिवमा रुकुम पूर्वका घनश्याम दहाल, सचिवमा कपिलवस्तुका शान्ता पोख्रेल, कोषाध्यक्षमा नवलपरासीका भविश्वर चापागाईँ र सहकोषाध्यक्षमा गुल्मीका रूपा गौतम चयन भएका छन ।
त्यसैगरी १२ जिल्लाबाट एक एक जना सदस्य र महिला सदस्यमा ४ जनालाई चयन गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस