दाङ, १९ माघ । भारतले आईसीसी यू–१९ विश्वकपमा नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनायो । भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले ।
उनी गुल्शन झाको ४८ औं ओभरको चौथो बलमा मिडविकेटमा क्याच आउट हुन पुगेका थिए । एक समय १४ ओभरमा ६२–३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफल तयार पारेका थिए ।
कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भए । उदय खेल इनिङ सकिन भन्दा दुई बल अघि सुभाष भण्डारीबाट क्याच आउट भएका थिए । भारतले ओपनर आदर्श सिंहलाई १८ बलमा ४ चौकासहित २१ रनमा गुमाएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस