घोराही, १९ माघ । फागुन १४ गतेदेखि दाङमा हुन लागेको दाङ क्रिकेट लिग–२ को लागि हस्पिटल पार्टनर बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि हुने भएको छ ।
दाङ जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) का लागि हस्पिटल पार्टनरको रुपमा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि र आयोजक बीच शुक्रबार सम्झौता भएको छ ।
हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्मा, प्रबन्ध निर्देशक डा. रमेश बस्नेत, रसिल थापा र आयोजकका तर्फबाट प्रतियोगिता निर्देशक विशेष अधिकारीबीच हस्पिटल पार्टनरका रुपमा सेवा दिने विषयमा सम्झौता भएको हो ।
दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ का फ्रेन्चाईज मालिक र आयोजक दाङ जिल्ला क्रिकेट संघबीच यसअघि नै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सले डिसिएल–२ खेल्नेछन् । जसको घोराहीस्थित लिगको हस्पिटालिटी पार्टनरका रुपमा रहेको भिंग्रेली भिलेज रिसोर्ट रहेको प्रतियोगिता संयोजक तथा दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिइन ।
पहिलो संस्करणको दाङ क्रिकेट लिगमा घोराही टाईगर्सले देउखुरी वारियर्सलाई हराउँदै उपाधि जितेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस