after_navbar

भक्तजनहरुलाई पानी र प्रसाद वितरण


माघ २०, २०८०


दाङ,२० माघ । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा भक्तजनहरुलाई पानी र प्रसाद वितरण गरिएको छ । महायज्ञमा आउनेहरुको सहजताका लागि पानी र प्रसाद वितरण गरिएको महायज्ञ मुल आयोजक समितिले बताएको छ ।
महायज्ञमा टाढा–टाढाबाट आउने भक्तजनहरुको भोक र प्यासलाई मध्यनजर गरेर उक्त व्यवस्थापन गरिएको हो । महायज्ञको यस्तो व्यवस्थापनले भोक प्यास लागेको बेला राहतको महशुस हुने सहभागी भक्तजनहरुको भनाई छ
विगतमा थुप्रै महायज्ञहरुमा गएको भएतापनि यस्तो व्यवस्थापन पहिलो पटक थाहा पाएको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ बस्ने कमला बिकले बताइन् ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका– ४ बस्ने निर्मला बस्नेतले पनि महायज्ञको प्रसाद व्यवस्थापनले भक्तजनहरुलाई सहजता प्रदान गरेको बताइन् ।
मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञलाई व्यवस्थित बनाउन विभिन्न ३२ वटा उपसमिति निर्माण गरिएको छ । महायज्ञमा प्रसाद वितरण उपसमितिले जल प्रसादको व्यवस्थापन गरिरहेको छ ।
महायज्ञ तुलसीपुर–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको छ । महायज्ञबाट ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="