after_navbar

महायज्ञको लक्ष्य पुरा हुने संकेत


माघ २०, २०८०


दाङ,२० माघ । तुलसीपुरमा सञ्चालित महायज्ञको ५ करोड आर्थिक संकलनको लक्ष्य पुरा हुने भएको छ । मानव सेवा आश्रमको मानव स्मारक निर्माणार्थ महायज्ञमा ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य लिएको छ । शनिवार दिउँसोसम्म ४ करोड २४ लाख ४० हजार रुपैयाँ आर्थिक संकलन भइसकेको छ । महायज्ञमा लक्ष्य अनुसारको रकम संकलन हुने निश्चित जस्तै भएको छ । शुक्रबार मात्रै १ करोड १६ लाख रुपैयाँ आर्थिक संकलन भएको थियो । शनिवार पनि साँझ सम्म १ करोडसम्म आर्थिक संकलन हुन सक्ने अपेक्षा रहेको छ ।

ad

महायज्ञको सफलता संगै तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र ७ को हलवारमा मानव सेवा आश्रम निर्माण हुने भएको छ । अवको दुई बर्ष भित्र आधुनिक मानव स्मारक निर्माण हुने भएको हो । महायज्ञ संचालन गरि त्यसबाट ५ करोड रुपैया संकलन गर्ने उदेश्य रहेकोमा माघ १३ गतेदेखि २० गते सम्म सञ्चालन गरिएको महायज्ञबाट लक्ष्य पुरा हुने गरि रकम संकलन भएको हो । महायज्ञबाट नगद र प्रतिबद्धता समेत गरि झण्डै ५ करोड सहयोगको योगदान प्राप्त भएको छ । शनिबार दिउँसो २ बजे सम्म ४२ लाख ७३ हजार ३ सय ७ रुपैया दाताहरुबाट सहयोग प्राप्त भएको छ ।
शुक्रबार झण्डै ४ करोड आर्थिक संकलन भएको थियो । शुृक्रबार नगद र प्रतिबद्धता समेत गरि ३ करोड ८१ लाख ६७ हजार ३ सय ९३ रुपैया सहयोग प्राप्त भएको थियोे ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="