दाङ,२० माघ । मानवता प्रर्वद्धन अभियान अन्र्तगत दाङको तुलसीपुरमा मानव सेवा आश्रमको मानव स्मारक निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका ४ र ७ को सिमानमा पर्ने कालिका मालिका मन्दीर परिसरमा आश्रमको भवन निर्माण हुने भएको हो । सडक आश्रीत मानवहरुको नाना, माना र छानाका निमित्त मानव सेवा आश्रमले भवन निर्माण गर्न लागेको हो ।
भवन निर्माणका लागि तुलसीपुरमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ समेत लगाइएको थियो । मानव स्मारकको माघ ७ गते शिलान्यास समेत गरिएको छ । १५ करोडको लागतमा निर्माण सम्पन्न हुने गरी भवनको डिपिआर तयार पारिएको छ
मानव सेवा आश्रमको भवन निर्माणको सहयोगार्थ तुलसीपुरमा महायज्ञ आयोजना गरिएको थियो । ५ करोड आर्थिक संकलनको लक्ष्य सहित आयोजना गरिएको महायज्ञमा ५ करोड बढी आर्थिक संकलन भएको छ । शनिबार मात्रै द र प्रतिवद्धता सहित ८८ लाख १६ हजार ३ सय ९३ रुपैया सहयोग प्राप्त भएको छ । जसमध्ये नगद ५३ लाख ९ हजार ८ सय २२ र प्रतिबद्धता ३५ लाख ६ हजार ५ सय ७१ रुपैया रहेको छ ।
माघ १३ गतेदेखि २० गते शनिबार सम्म तुलसीपुरको अरनिको मैदानमा सञ्चालन गरिएको महायज्ञबाट नगद तथा प्रतिबद्धता समेत गरि ५ करोड ९ लाख १६ हजार ३ सय ९३ रुपैया संकलन भएको हो ।
५ करोड रुपैया संकलन गर्ने लक्ष्यका साथ नगद र संस्थागत प्रतिबद्धताबाट लक्ष्य पुरा भएको मुल आयोजक समितिले जानकारी दिएको छ ।
शैक्षिक अभियान्ता टिकाबहादुर जिसी र सुरेन्द्र जिसीबाट १० लाख ६६ हजार ६ सय ६६ रुपैया सहयोग प्रदान गरेका छन् । । बार्षिक १ लाख ११ हजार रुपैया मानव सेवा आश्रम सञ्चालनार्थ दिने प्रतिबद्धता जिसीले गरेका छन् । महायज्ञ अबधिभर ब्यक्तिगत रुपमा सबै भन्दा बढि नगद दान गर्नेमा जिसी परिवार रहेको छ ।आर्थिक सहयोग संकलनको लक्ष्य लिएको महायज्ञबाट लक्ष्य अनुसारको रकम र उठे पछि अवको दुई बर्ष भित्र आधुनिक मानव स्मारक निर्माण हुने भएको हो ।
महायज्ञको समापन
महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाले मानवताको रक्षाका लागि गरिएको महायज्ञले नाना,खाना र छाना बनाउने अठोटका साथ उत्प्रेणापूर्वक सम्पन्न भएको भन्दै खुशी ब्यक्त गरे।
कथावाचक कमलनयन आचार्यले जाँड रक्सीलाई टाढा राख्दै आफना अबगुणहरुलाई यस यज्ञबाट त्याग गर्न आग्रह गरे ।
मानव सेवा आश्रमका कल्पनाकार रामजी अधिकारी सलाही,धनगढी र सुर्खेतमा आगामी २०८१ मा मानव सेवा आश्रम निर्माणका लागि महायज्ञ गर्ने तयारी भएको जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामबहादुर जिसी,वडा नम्वर १९ का अध्यक्ष प्रेम योगीले मन्तब्य राखेका थिए । कार्यक्रममा सातौ दिन सबैभन्दा बढि नगद दान गर्नुहुने ज्ञान ज्योति फाउण्डेसनका टिकाबहादुर जिसीले १० लाख ६६ हजार ६ सय ६६ रुपैया योगदान गरेको सुनाए ।
स्वागत मन्तब्य सल्लाहकार चिरिञ्जीबि रिजालले गरेका थिए । धन्यबाद ज्ञापन दाता पहिचान उपसमितिका संयोजक सुरेश हमालले गरेका थिए। कार्यक्रमको सहजीकरण सदस्य सचिव बुद्धप्रकास सिंहले गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस