निरला अर्याल, २८ माघ । समृद्ध नेपाल निर्माण हाम्रो अभियान भन्ने नारा सहित तुलसीपुरमा सञ्चालन भएको तुलसीपुर महोस्तब २०८० मा दर्शक हरु मनोरञ्जन लिन मात्र होइन नेपाली रैथाने खाना को स्वाद लिन जाने गरेको पाइन्छ । बढ्दो जनघनत्व, सहरिया जीवन शैलीले गाउँ घरमा उत्पादन हुने अगर्गनिक उत्पादनहरूको महत्व कम हुँदै जाँदा तुलसीपुर महोत्सव मा भने सिस्नो, ढिँडो, सिस्नो को झोल संग मःमः च्याउको सुकुटी पकौडी तथा वन तरुल लगायत विभिन्न परिकार हरु पाइन्छ । यी परिकारहरू खान दर्शकहरु खोजी खोजी खान आउने गरेका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संगको आयोजनामा संचालन भएको तुलसीपुर महोत्सवमा नेपाली रैथाने खाना लाई प्रवर्द्धन गर्ने उद्देश्य ले स्टलहरु मा नेपाली खानालाई महत्व दिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे ले बताए।
मकैको ढिँडो र सिस्नोको च्याउको को म म सुकुटी पकौडी खान खोजी खोजी आउने गरेको गंगामाला लघु उद्यमी च्याउ खेती तुलसीपुरकी गोमा रोक मगरले बताइन। तरुल खान को लागि हामी नेपालीलाई माघ कुर्नु पर्ने हुन्छ तर तुलसीपुर महोत्सवमा बन् तरुल खान पाइने हुँदा माघी पर्व आय जस्तै भएको शान्तिनगर कि इन्द्र कुमारी चौधरी बताउछिन।
तुलसीपुरको गीता केसी मःमः मा सिस्नोको सुप राख्दै ग्राहकको भोक मेटाउन तल्लिन छ्न । सुन्दा फरक लाग्न सक्छ मःमः मा सिस्नोको सुप । महोत्सवमा अर्गानिक खाना खाजाको परिकार पस्कन यतिबेला कुमख कलेजलाई भ्याइनभ्यइ छ ।
विगत लामो समय देखि नेपाली रैथाने खानाको रूपमा चिनिदै आयको कुमाख कलेजले तुलसीपुरको महोत्सवमा आउने दर्शकको मन् पनि जितिसकेको छ । । नेपाली खानपान शैलीमा फरकपन आय पश्चात धेरै मानिसहरू अर्गानिक खाना तर्फ आकर्षित हुन थालेका कलेजका प्रमुख तुफान केसीले बताए।
खाना खाजाको रुपमा मुख्य आकर्षक केद्रविन्दुको रूपमा रहेको मःमः र सिस्नो को झोल ले खोजी खोजी खान आउने गरेका छन् ।
स्थानिय वस्तुको प्रवर्द्धन र तथा अर्गानिक उत्पादनलाई जोड दिने नेपाल सरकारको नीति तथा कार्यक्रम भित्र भय पनि यथासक्य प्रवर्धन भने हुन अझै सम्म सकेको छैन।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस