तुलसीपुर,३ फागुन । किशोर किशोरी र बालबालिकाहरुको क्षमता बिकासमा तुलसीपुर उपमहानगरपालिकाले योजनाबद्ध रुपमा अभियान शुरु गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडाका ती किशोर किशोरी र बालबालिकाहरुलाई जीवनउपयोगी सीप र सृजनशील बनाउने गरि अभियानलाई तिब्र पारिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन।
प्रत्येक वडामा ३ दिनमा बाल अधिकार,राज्यका बिभिन्न तहमा सहभागिता हुने र राष्ट्र निर्माणमा कसरी योगदान पुरयाउन सकिन्छ,समाजमा भई रहेका बिकृत्तिहरुको न्यूनिकरण,प्रबिधिको सहि ढंगले उपयोग (साईवर)र नेतृत्व बिकाश लगायतका बिषयमा प्रशिक्षण भईरहेको प्रमुख प्रशिक्षक सुशील बस्नेतले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका र नगर स्तरीय युवा संजालको आयोजनमा बिभिन्न वडामा ३ दिवसीय तालिम सम्पन्न भईसकेका छन् भने बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ मा शुरु भएको छ । वडा स्तरीय बाल संजालका अध्यक्ष बिष्णु वलीको अध्यक्षता एवम वडा नम्वर १८ का अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो ।
तालिम उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष वलीले दक्ष जनशक्ति उत्पादनमा यसप्रकारको तालिमले टेवा पुग्ने बताए। हाल समुदायमा देखिने गरेका बिकृत्तिहरुको न्युनिकरण र युवाहरुको सृजनशील कामले वडामा सम्बृद्धिको बाटो खुल्ने बिश्वास ब्यक्त गरे।
त्यसअवसरमा वडा सदस्य सीतल प्रसाद बुढा मगर र धनबहादुर बस्नेत लगायतले तालिमको उपयोगीताका बारेमा चर्चा गरेक थिए। तालिममा वडा नम्वर १८ का सामुदायिक तथा नीजि बिद्यालय र बिभिन्न क्लबका गरि ३० बढिको सहभागिता रहेको छ ।
तालिमको प्रमुख प्रशिक्षकमा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेत,तुलसीपुर उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकारी बिमल केसी,अधिकारकर्मी निर्मल नेपाली लगायत छन् । तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य युवा संजालका सुभम देवकोटा र सहजिकरण गणेश भण्डारीले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस