दाङ, ३ फागुन ।
दाङमा गाेली हानेर महिला प्रहरीको हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा ड्युटिमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे ।
वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ । गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे दाङ प्रहरी प्रमुख राम बहदुर केसीले जानकारी दिए । झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेकाे बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहतीले बताएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस