after_navbar

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


फागुन ०, २०८०


दाङ, ९ फागुन । मोटरसाइकल दुर्घटना हुंदा दाङमा दुइजनाको मृत्यु भएको छ। जिल्लाको घोराही(तुलसीपुर सडकखण्डमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

ad

रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका वडा नं। १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो । दुर्घटनास्थलमा साइकल भेटिए पनि साइकल चालक पत्ता लागेका छैनन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="