after_navbar

महिलाहरुलाई सचेतना अभिबृद्धि सम्वन्धी अभिमुखिकरण


फागुन ०, २०८०


दाङ , ९ फागुन । पश्चिम दाङको बबई गाउँपालिकामा महिलाहरुलाई सचेतना अभिवृद्धि सम्वन्धी तालिम प्रदान गरिएको छ । दाङको कर्णाली मानिदै आएको बबई गाउँपालिकामा विभिन्न कारणले पछि परेको समुदायका महिलाहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो । महिला सशक्तिकरण एवम समाज बिकास नेपालको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा दुइदिने अभिमुखिकरण कार्यक्रम गरिएको हो । गाउँपालिकाको वडा नम्बर ४ का ४१ बढि महिलाहरुलाई उक्त कार्यक्रममा सहभागी गराइएको छ ।

ad

गाउँपालिकाले बिभिन्न वडाका पछाडी पारिएका समुदायका महिलाहरुलाई सचेतना अभिबृद्धि सम्बन्धि अभिमुखिकरण दिन सुरु गरेको हो । भुगोलको दृष्टिकोणले अति विकट बस्तीदेखि दलित,जनजाति समुदायका महिलाहरुलाई महिला अधिकार,महिलामाथि हुदै आएका हिंसा,हिंसाबाट बच्न अपनाईने कानुनी उपचार तथा बिधि,महिलाको क्षमता बिकास लगायतका बिषयमा तालिम दिन शुरु गरिएको आयोजक संस्था महिला सशक्तिकरण एवम समाज बिकास नेपालका अध्यक्ष दिपा केसीले जानकारी दिइन् ।
तालिम बुधबार देखि सुरु भएको संस्थाका उपाध्यक्ष सुमित्रा रानाले जानकारी दिइन् । महिला सशक्तिकरण एवम समाज बिकास नेपालका अध्यक्ष दिपा केसीको अध्यक्षता तथा बबई गाँउपालिकाका प्रमुख कुलबहादुर खत्रीको प्रमुख आतिथित्यमा दुई दिने तालिमको बुधबार हापुरेमा उद्घाटन गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै गाउँउपालिका अध्यक्ष खत्रीले आर्थिक,सांस्कृति,सामाजिक,शैक्षिक अबस्थाका कारण पछाडी परेका महिला समुदायले सक्षम भई आर्थिक सम्बृद्धिको ढोका खुल्ने र समाज रुपान्तरणमा मद्धत पुग्ने बताए ।

सो अवसरमा बबई गाँउपालिका वडा नम्वर ४ का अध्यक्ष टेकबहादुर वली,नेपाली काग्रेस वडा नम्वर ४ का ईकाइ उपसभापति बनीबहादुर नेपाली,नेकपा माओबादी बबई गाँउपालिकाका नेता दिपक शाह लगायतले महिला सशक्तिकरणमा जोड दिए । तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सुमित्रा रानाले गरेकी थिइन् भने सहजीकरण सचिव अन्जु घर्तीले गरेकी थिइन् । प्रशिक्षकमा मानव अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेत छन् । यसअघि वडा नम्वर दुईका महिलाहरुलाई महिला सचेतना तथा अभिमुखिकरण सम्बन्धि प्रशिक्षण दिईएको थियो । तालिम उक्त पालिकाकाका वडा नम्व ३,५ र ६ मा पनि संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="