after_navbar

राप्ती बाल एकाडेमीलाई अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि


फागुन १२, २०८०


दाङ, १२ फागुन । राप्ती बाल एकाडेमीले अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि हात पारेको छ । प्रतियोगितामा ९५ अंक सहित राप्ती वाल एकाडेमी तुलसीपुर-६ प्रथम भएको हो । प्रथम हुने राप्तीले नगद दश हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

ad

रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा शुक्रवार भएको अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगितामा ७५ अंक सहित मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुल तुलसीपुरले द्वितिय स्थान प्राप्त गर्दै नगद पाच ह्जार र प्रमाणपत्र प्राप्त गरेको छ भने ७० अंक सहित गोरखा सेकेण्डरी स्कुलले तेस्रो स्थान हासिल गर्दै नगद तीन हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष पवन कुमार योगीको अध्यक्षता तथा रोटरी इंटरनेशनल डिष्ट्रिक ३२९२ जोन ३३ का असिस्टेन्ट गभर्नर बिमल रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

असिस्टेन्ट गभर्नर रिजालले बिद्यार्थी जीवन कितावी ज्ञानमा मात्र सिमित भैरहेको पछिल्लो अवस्थाको चित्रण गर्दे वाह्य ज्ञानको पनि उत्तिकै महत्व रहेको बताउनुभयो । उहाँले २३ फेब्रुअरी १९०५ मा आज भन्दा ११९ वर्ष अघि रोटरी क्लबको स्थापना भएको यस्तो मह्त्वपूर्ण दिनमा हाजिरी-जवाफ प्रतियोगिता आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिए।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा हाजिरी-जवाफ प्रतियोगिताका निर्णायक बिजय केसीले वौद्धिक्ताको मापन प्रतियोगिताले मात्र सम्भव नहुने भन्दै विद्यालयहरुले पनि बालबालिकाको क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने बताए।

विगत लामो समयदेखि दाङ जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक कार्यमा सक्रिय रहेका रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरले शिक्षा क्षेत्रमा केही नयाँ गरौ र बालबालिकामा भएको ज्ञानलाई अगाडी वढाउ भन्ने उद्देश्यले हरेक वर्ष जस्तै यो वर्ष पनि कार्यक्रमको आयोजना गरेको हाजिरी-जवाफ प्रतियोगिताका कार्यक्रम संयोजक क्लबका प्रस्तावित अध्यक्ष सन्दीपन रिजालले जानकारी दिए।
कार्यक्रममा रोटरी क्लव अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष यज्ञ बहादुर केसी, पूर्व अध्यक्ष वीर बहादुर रावत, राजेन्द्र प्रसाद श्रेष्ठ, देव बहादुर केसी, सुरेश हमाल, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष ईनुप भण्डारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

हाजिरी-जवाफ प्रतियोगिताको सन्चालन क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले गरेक थिए। स्कोरर क्लबका कोषाध्यक्ष दिपेश भण्डारी र टाईम किपरको भूमिकामा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका पूर्व अध्यक्ष हेमराज बस्नेत थिए । हाजिरी-जवाफ प्रतियोगिताको औपचारिक कार्यक्रमको सहजिकरण क्लवका सचिव रुपेश शर्माले गरेका थिए।
हाजिरी-जवाफ प्रतियोगितामा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी १३ वटा विद्यालयको उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="