दाङ ,१२ फागुन । लुम्विनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादव निलम्बनमा परेका छन् । साझेदारी वनको काठ हिनामिना प्रकरणमा मुछिएका यादव निलम्बनमा परेका हुन् । लुम्विनी प्रदेशसभा सचिवालयले शनिवार एक सुचना जारी गर्दै भ्रष्टाचार मुद्दा चलाएपछि सांसद यादव स्वतः निलम्बनमा परेको बताएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ ९ख०मा निर्वाचित सांसद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि निलम्बनमा परेका हुन् ।
तत्कालीन गौतमबुद्ध साझेदारी वनका अध्यक्षरहेका यादवसहित १९ जनाविरुद्ध फागुन ८ गते अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरद्धारा जारी सूचनामा भनिएको छ, ‘सचिवालयमा प्राप्त हुन आएकोले लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादव भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को कानूनी व्यवस्था यही फागुन ८ गतेदेखि प्रदेशसभा सदस्य पदबाट स्वतः निलम्बन हुनु भएकाले यो सूचना प्रकाशन गरिएको छ ।’ सचिवालयको विज्ञेप्तीमा उल्लेख छ ।
गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यादवविरुद्ध अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा बिगोसहित मुद्दा चलाएको थियो ।
‘यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा उक्त ऐनको दफा १७ ले निर्देशन गरेबमोजिम ऐनको दफा ३ को उपदफा ९१० को देहाय ९छ० बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ३ को उपदफा ९१०अनुसार बिगो बमोजिम जरिवाना गरी पाउन र त्यही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर गरी पाउन मागदाबी लिइएको छ,’ अख्तियारले भनेको छ ।

अख्तियारले काठ हिनामिना प्रकरणमा कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, दुर्गाबहादुर कार्की, महेन्द्रराज वाग्लेमाथि पनि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको हो । साझेदारी वन व्यवस्थापन समितिमा आर्थिक वर्ष २०७४–७५ मा ठेकेदारसमेतले ६ वटा प्लटको ३७ हजार क्युबिक फिट काठ निकाल्ने ठेक्का स्वीकृत गराइ कर्मचारीसँग मिलेमतो गरेर भ्रष्टाचार गरेको आरोप छ । यादव पूर्व यातायात तथा उद्योगमन्त्री हुन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस