निरला अर्याल
दाङ, १९ फागुन । नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले निजी विद्यालयकै कारण सामुदायिक विद्यालयमा शैक्षिक सुधार आउन थालेको बताएका छन ल । रिपोटर्स क्लब दाङले तुलसीपुरमा गरेको सात्क्षात्कार कार्यक्रममा अध्यक्ष न्यौपानेले निजी विद्यालय नभएको भए सामुदायिक विद्यालयको शिक्षा प्रतिष्पर्धामा नजाने निश्चित रहेको दावी गरे । ‘यदि निजी विद्यालय हुँदैनथ्यो भने सरकारले लगानी गरेको सामुदायक विद्यालयको शिक्षा सुधार हुन सक्दैनथ्यो ।’ उनले भने-‘सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउनका लागि नीजि विद्यालयको भूमिका महत्वपूणर् रहेको छ ।’ नेपालमा कतिपय सामुदायिक विद्यालयमा शिक्षकको संख्या धेरै भएको तर विद्यार्थीको संख्या ज्यादै न्यून भएकोले सरकारलाई चुनौति थपिएको बताए । निजी विद्यालयको विकास भएपछि शिक्षा क्षेत्र अगाडि बढ्ने बताए । निज विद्यालयमात्रै नभएर राम्रो भएर नहुने भन्दै सामुदायीक विद्यालय पनि त्यतिकै राम्रो हुनुपर्नेमा जोड दिए ।
५२ वर्ष बनेको शिक्षा विधेयकले अहिलेसम्म काम चलाउँदा शैक्षिक विकास सोचे अनुरुप अघि बढ्न नसकेको बताए। उन्ले पुरानै शिक्षा प्रणाली हाबि हुँदा उलेख्य विकास र परिवर्तन हुन नसकेको बताए ।
निजी विद्यालयहरु बढ्दै गएपछि सरकारले कर तिर्नु पर्छ भनेर कम्पनीमा लगेको र अहिले फेरि निजी गुठी र सार्वजनिक गुठीमा लैजान खोज्दा आफुहरु आन्दोलित हुनुपरेको उनको भनाई छ । कम्पनीमा रहेपछि लगानी सुरक्षित हुन्छ भनेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुराएको उन्ले बताए ।
नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा निजि विद्यालयको भूमिका अहम् रहेको बताए । शरद रेग्मीको अध्यक्षता मा भएको कार्यक्रमको सहजीकरण बिमल गौतमले गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस