after_navbar

त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु


फागुन २३, २०८०


बुटवल २३ फागुन । लुम्बिनीकाे कपिलवस्तुवाट छुटेकाे बस धादिङमा दुर्घटना भएकाे छ। दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ।

ad

सिदार्थ यातायातकाे लु २ ख २१२१ नम्बरको वस धादिङ जिल्लाको गजुरी घाटबेसीवाट त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी डिएसपी सन्तुलाल जैसवालका अनुसार कपिलवस्तुवाट हिजाे साझँ काठमाडौंका लागि छुटेको उक्त वस मंगलबार विहान त्रिशूली नदीमा बसेकाे बताए ।

डिएसपी जैसवालका अनुसार बसमा सवार ५ जना यात्रुको मृत्यु भएको छ भने ३७ जनाको उद्दार गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाकी रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="