after_navbar

बाघको आक्रमणबाट सल्यानका शर्माको मृत्यु


चैत ०४, २०८०


दाङ,४ चैत । बाकेमा बाघको आक्रमणबाट सल्यानका एक वृद्बको मृत्यु भएको छ। जिल्लाको राप्तीसोनारीमा वडा नम्बर ९ ढकेरी नजिक बाघको आक्रमणबाट दार्माकोट सल्यानका ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ad

शर्मा ढकेरीमा आफन्तको घरमा बस्दै आएको बताइएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरीस्थित जंगलमा आइतबार बिहान साढे ५ बजेतिर शव फेला परेको थियो ।

शर्माको शव ढकेरी र चप्परगौडीबीचको जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बीचमा रहेको भालुखोलामा फेला परेको छ ।

मृतक शर्मा ढकेरीस्थित आफन्तको घरबाट शनिबार बेलुका कोहलपुर जान भनी निस्केको बुझिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="