दाङ, ६ चैत । दाङको तुलसीपुरमा नमुना महिला सांसदहरुका लागि विषयगत सवाल विषयमा दुइदिने अभिमुखिकरण कार्यक्रम आज देखि सुरु भएको छ।
अभिमुखिकरण कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मंगलबार र बुधबार गरि दुईदिन सम्म चल्ने छ ।
नमुना सांसद सभामुख सिमा न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गरिएको छ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै टिकाराम खड्काले संसदीय अभ्यासले नागरिकका आवश्यकता, समस्या र सामाजिक मुद्दाहरुलाइ कसरी उठान गर्ने? कसरी प्रस्तुत गर्ने भन्ने कुराको राम्रो जानकारी प्राप्त हुने बताए।
संसदमा जनताका समस्या, आवश्यकता र उनीहरुको मुद्दामा विषय उठान गर्ने, लिखित र मौखिक रुपमा प्रश्न गर्ने, जवाफ माग्ने र जनताको आवाजलाई सरकारसम्म पुर्याउन संसदको भुमिका महत्त्वपूर्ण हुने बताए।
संसदमा हुने काम कर्तव्यलाई आत्मसात गर्दै सामाजिक मुद्दाहरु के-के हुन? विभेदहरु के-कस्ता छन् ? समाजमा प्रतिकुल असर केले पारेको छ? त्यसको सुनुवाइ हुने थलोको रुपमा यस संसदलाइ प्रस्तुत गर्नुपर्ने बताए। उनले संसदीय मुल्य, मान्यतालाई ख्याल गर्दै यसलाइ गतिशील बनाउन अनुरोध गरे।
सामाजिक बिकास शाखाका प्रमुख मान बहादुर रावतले महिलाहरुको क्षमता अभिवृद्धि यस्ताखाले क्रियाकलापहरु महत्त्वपूर्ण हुने बताए।
कार्यक्रममा नमुना महिला सांसद उपसभामुख सुस्मा लामिछनेले सम्मुनत राष्ट्र निर्माणमा नमुना महिला सांसदले आफ्नो बलियो भुमिका प्रस्तुत गर्नुपर्ने बताइन् ।यस अभिमुखिकरण मार्फत विभिन्न कारणले पछि परेका/ पारिएका, महिला, सीमान्तकृत समुदायका महिलाहरुको पहिचान गर्दै उनिहरुलाइ राज्यको पहुँचमा कसरी ल्याउन सकिन्छ भन्ने विषयको उठान हुने जानकारी गराइन।
आवाज विहिनहरुका आवाजहरुलाई उठाएर आवाज संवोधन हुने ठाउसम्म पुर्याउन यस अभिमुखिकरणले सहयोग गर्ने अपेक्षा रहेको उनले बताइन् । यस नमुना सांसद देशकै साझा आवजको रुपमा प्रस्तुतु हुने गरि काम गर्नुपर्ने उनको भनाइ थियो ।
नमुना महिला सांसद परिकल्पनाकार तथा न्युसिपिसी अध्यक्ष नवराज लामिछानेले महिलाहरुको क्षमता अभिवृद्धिको सन्जालिकरणका लागि महिला सांसदको परिकल्पना गरिएको बताए । स्थानीय सरकारलाई सहयोग,सहजीकरण र ध्यानाकर्षण गराउने उदेश्यले नमुना महिला सांसद सन गठन गरिएको उनले बताए। महिलाका सवालहरुको उठान गरि योजना बनाउने, छलफल गर्ने र उक्त योजनालाइ प्रकृयागत रुपमा मुद्दा उठान गरि स्थानीय सरकारसम्म पुर्याउन नमुना संस्थाको रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे।
दुइदिन सम्म चल्ने अभिमुखिकरण कार्यक्रमको पहिलो दिन महिलाहरुको कानुनी तथा सामाजिक न्याय शान्ति र मानव अधिकारका सवालमा हालको अवस्था,मानव संसाधन विकास र श्रोत ब्यबस्थापन, महिलाहरूको राजनैतिक तथा सांस्कृतिक पक्षमा भएका प्रयासहरु र सुधार , सूचना , संचार समन्वय र साझेदारी क्षेत्रमा भएका प्रयास र महिलाहरुको अवस्थाका बारेमा छलफल र जानकारी गराइने छ।
अभिमुखिकरणको प्रशिक्षकमा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, मानव अधिकारकर्मि सुशील बस्नेत, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गलाल केसी,नमुना संसद परिकल्पनाकार नवराज लामिछाने लगायत रहेका छन् ।
महिला बालबालिका तथा समाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण योजना शाखाकी अधिकृत कुन्ता भण्डारीले गरेकी थिइन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस