after_navbar

होलि खेल्ने क्रममा बगेर ३ बालबालिका बेपत्ता


चैत ११, २०८०


उदयपुर,११ चैत। उदयपुरमा होली खेल्ने क्रममा दुधकोशीमा बगेर आज तीन बालबालिका बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ साउने बजारका अन्दाजी ८ वर्षिय चोलकचन्द्र मगर, ७ वर्षिय रिदम मगर र ११ वर्षिया रेखा मगर बेपत्ता भएको वडाध्यक्ष हिमराज मगरले बताए ।

ad


बालबालिकाहरुको समुह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्ये चारपाँच जनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको पुष्टि गरेको छ । घटनास्थलतर्फ खोजतलासका लागि प्रहरी खटिएको जनाएको छ ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जनाएका छन् ।
स्थानीयका अनुसार घटना दिउसो साढे ३ बजेतिरको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="