दाङ, १३ चैत ।गुरुकुल एकेडेमी तुलसीपुरले होलि विषेश कार्यक्रम गरेको छ । तुलसीपुर–६ रजौरामा रहेको विद्यालयले सोमबार होलि विषेशमा विभिन्न कार्यक्रम गरेको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा होलि विषेश कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा विद्यालयका सिइओ जयन्तकुमार उपाध्याय र अभिभावक डा. जीतबहादुर गिरी लगायतले होलिको शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव फैलाउने बताएका थिए।
यस्तै विद्यालयले घैटाफोड प्रतियोगिता गरेको छ । घैटाफोड प्रतियोगितामा अभिभावक ऋषीराज वली प्रथम भएका छन। उनलाई नगद पुरस्कारसमेत प्रदान गरिएको हो ।
यस्तै टोकन प्रणालीमा आधारित चिठ्ठा कार्यक्रममा सन्तोषी खड्का र संगिता केसी बिजेता बनेका थिए। । कार्यक्रममा सहभागी अभिभावकले घोडा सवार समेत गरेका छन् ।
यस्तै होलिको कथावस्तुमा आधारित नाटक विद्यालयका शिक्षकले अभिनय गरिएको नाटक समेत प्रस्तुत गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण बासुदेव योगीले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस