after_navbar

जिप दुर्घटना हुंदा २ जनाको मृत्यु ,४ घाइते


चैत १४, २०८०


मुगु, १४ चैत ।मुगुमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

ad

मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ००५९ नम्बरको जिप आज बेलुका सोरूको कच्चे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सोरू गाउँपालिका–७ का जिप चालक कविराज नेपाली र सोरू–२ की २५ वर्षीया कुसुम नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="