after_navbar

पाखापानीमा एक पुरुष मृत फेला


चैत १५, २०८०


रुपन्देही,१५ चैत । रुपन्देहीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको बुटवल उपमहानगरापलिका-२ पाखामानीमा विहिबार विहान एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत मैनाबगरदेखि पश्चिमतर्फ अवस्थित पाखापानीमा रहेको कल्भर्टमुनि अन्दाजी ४१ वर्षीय सन्तोष नेपाली मृत फेला परेका छन् ।

ad

बिहिबार बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक सार्की विहान उठेर घाँस काट्न जाने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका वडा–११ मैनाबगर नजिक बस्दै आएका सार्की सामान्य मजदुरी गर्दै आएका थिए ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको र घटना बारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="