after_navbar

आगलागी हुंदा एकजनाको मृत्यु


बैशाख ०७, २०८१


दाङ,७ बैशाख । दाङमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको प्रहरीले जानकारी दिएको छ । बोटेको गोठमा गएराति लागेको आगो फैलिएर घरसम्म पुगेको थियो ।

ad

घरमा आगो लागेपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए। त्यहीबेला आगोले जलेको प्रहरीको भनाई छ । आगोले वीरबहादुरको घर गोठ तथा उनका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानियबासिन्दाको पहलमा आगो निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="