दाङ, ८ वैशाख।दाङको बंगलाचुली गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिदा एकजना बालक घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ को मुर्कुटी बजारमा बंगलाचुली भ्युटावरबाट घोराही तर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिदा ८ वर्षीय बालक घाइते भएका हुन् ।
रा ६ प १७२५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा बंगलाचुली गाउँपालिका वडा नम्बर ५ निवासि डोम बहादुर रावतका छोरा जिवन रावत घाइते भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरी नायव निरीक्षक जीवन के सिले जानकारी दिएका छन् ।
घाइते बालकको टाउकोमा चोट लागेको छ । घाइते बालकलाई बंगलाचुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस