after_navbar

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते


बैशाख १४, २०८१


दाङ,१४ बैशाख। दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइते मध्ये एक जना गम्भिर घाइते भएका छन् ।

ad

पश्चिम देखि तुलसीपुर जादै गरेको रा ५ प ९३२२ नम्बरको मोटरसाइकलले शान्तिनगर – ७ खैरेनी प्रतिक्षालय नेर पैदलीयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा पैदलयात्री सल्यान घर भई हाल शान्तिनगर – ७ खैरेनी बसोबास गर्ने ७२ बर्षका शमसेर थापा रहेका छन् । थापाको राप्ती प्रादेशक अस्पताल तुलसीपुरमा उपचारक्रममा ६ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

घाइते हुनेमा बबई ३ हंसपुरका ३० बर्षका मोटरसाइकल चालक कमल वि।क।, मोटरसाइकल पछाडि बसेका बाँके घर भएका २५ बर्षका प्रकाश रसाइली रहेका छन् ।

घाइते मध्ये रसाइली गम्भिर घाइते भएका छन् उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="