after_navbar

मलामी गएका व्यक्ति भेरीमा वेपत्ता, गोताखोर परिचालन


बैशाख १४, २०८१


रुकुम पश्चिम,१४बैशाख । रुकुम पश्चिमको चौरजहारीका एक व्यक्ति भेरी नदीमा बेपत्ता भएका छन् ।
चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता भएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।

ad

चौरजहारी ९ कोटजहारी बस्ने ६१ वर्षीय नारायण खड्का १२ वैशाखमा मलामी गएको बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोली बिहीबार उनको खोजी कार्यको लागि गएको छ ।

बिहिबार दिउँसो ३ बजेदेखि खोजी कार्य गरेको थियो । शुक्रबार बिहानैदेखि पुनः खोजी सुरु गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="