कपिलवस्तु,१९ बैशाख। कपिलवस्तुमा श्रीमान श्रीमति मृत्त फेला परेका छन् । कपिलवस्तुकोे वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान श्रीमति मृत्त फेला परेका हुन् ।
बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ । ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।
मृतक श्रीमान् भ¥याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन् । घटना हुँदा घरमा कोही नभएको बताइएको छ । प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस