दाङ,२९ वैशाख। दाङको तुलसीपुरमा अटो दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ ।शनिवार बिहान तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरेमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको तुलसीपुर प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा अटो चालक तुलसीपुर–३ पैयाँखोरे निवासी जिवन घर्ती रहेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस