after_navbar

मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


जेठ १४, २०८१


सल्यान,१४ जेठ । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–६ का २६ वर्षीय सुकलाल घर्ती रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बेलुका कपुरकोट गाउँपालिका–३ अरिङ्गाले फेदी भन्ने स्थानको राप्ती राजमार्गमा श्रीनगरतर्फ जाँदै गरेको रा १ ख १९१६ नम्बरको मालसामान बोकेको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।

ad

ट्रक सडकदेखि ३ मिटर तल खसेको थियो । यस्तै ट्रकका सहचालक बनगाड कुपिन्डे नगरपालिका–९ का २१ वर्षीय तेज बहादुर बुढाथोकी घाइते भएका छन् । उनको श्रीनगरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="