काठमाण्डौ, १५ जेठ । अस्ट्रेलियामा माछा मार्ने क्रममा समुद्रमा डुब्दा दुई जना नेपाली युवाको मृत्यु भएको छ । सिड्नी नजिकैको एक चट्टानमा बसेर बल्छीमार्फत माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपालीको मृत्यु भएको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् ।
ज्यान गुमाउनेको परिचय खुलेको छैन । उनीहरू २२ र २५ वर्षका छन् । सोमबार दिउँसो ३ बजेतिर चट्टानबाट युवाहरू खसेको थाहा पाएपछि हेलिकप्टर, अत्याधुनिक उद्धार डुङ्गासहित खोजकर्ताहरू खटिएका थिए । बेलुका मात्रै उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ ।।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस