after_navbar

पाइलटद्वय बिजय लामा र भावना पन्त निलम्बित


जेठ २१, २०८१


काठमाडौँ, २१ जेठ । नेपाल एयरलाइन्सका पाइलटद्वय विजय लामा र भावना पन्त निलम्बनमा परेका छन् । विमानस्थलमा उडान सुरक्षा सम्बन्धी कानुनी दायरा नाघेको भन्दै नेपाल उड्डयन प्राधिकरणले उनीहरुलाई निलम्बन गरेको हो ।

ad

न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने पन्त र वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन लामालाई अनुसन्धान नसकिउन्जेलसम्मका लागि ग्राउन्डेड गराएको प्राधिकरणले जानकारी गराएको छ । तर उनीहरुले कुन विषयमा सुरक्षा प्रावधान तोडेको हो भन्नेबारे प्राधिकरणले खुलाएको छैन ।

क्याप्टेन लामा यसअघि पनि बारम्बार उडान सुरक्षा उल्लङ्घन गरेर निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="