काठमाडौँ, २२ जेठ । जलवायु विज्ञहरुले नेपालमा विपद्का घटनाहरु उल्लेख्य रुपमा वृद्धि हुँदै जाने बताएका छन् । आथामी दिनमा बाढी, पहिरो, डुबान जस्ता विद्का घटनाले ठुलो क्षती पुर्याउने बताएका छन् । जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत आठ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको जानकारी दिँदे आउने दिनमा यसभन्दा बढि नोक्सानी ब्यहोर्नुपर्ने अवस्था सिजर्ना हुने बताएका छन् ।
मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विज्ञहरुले आउने दिनमा जलवायुजन्य विपदका घटनाहरुमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, हावाहुरी आँधीलगायतका घटनाहरु बढीभन्दा बढी वृद्धि हुने उनीहरुले बताए ।
जलवायु विज्ञ एवम् प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरोलगायतका घटनाहरुमा वृद्धि हुने बताए। उनले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठुलो असर पुग्ने र जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर पार्ने बताए ।
निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक स्रोत, इकोसिस्टम, आर्थिक, सामाजिक, सांस्कृतिक असरहरु बढी भएको उदाहरण प्रस्तुत गदैृ बाढीका कारण प्राकृतिक सौन्दर्यमा पनि असर परेको बताए । बाढीका कारण बसाइसराइँको समस्या बढ्नुका साथै बाढीले घरायसी काममा महिलाहरुको बोझ झनै थपिएको बताएका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस