after_navbar

प्रधानमन्त्रीविरुद्ध कालोझण्डा प्रदर्शन, २ जना घाइते


जेठ २३, २०८१


कास्की,२३ जेठ । पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितले कालोझण्डा देखाएका छन ।

ad

आज पोखरामा प्रचण्ड सहभागी हुने कार्यक्रममा सहकारीपीडितले नाराबाजी गरेका छन् । त्यसक्रममा सहकारीपीडित र प्रहरीबीच झपडपसमेत भएको छ । झडपमा २ जना सहकारी पीडित ३० वर्षकि अनुराधा श्रेष्ठ र ७८ वर्षका भिमप्रसाद चपाई घाइते भएका छन ।

प्रहरीले नाराबाजी गर्ने केहीलाई नियन्त्रणमा लिएको छ । पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रचण्ड पोखरा आएका हुन् । कार्यक्रमस्थल पोखरा सभागृहको गेटमा प्रदर्शन भएको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="