after_navbar

एक व्यक्तिले छोरी र श्रीमतीसहित आफैलाई आगो लगाए


जेठ २३, २०८१



काठमाडौँ,२३ जेठ । काठमाडौँमा एक व्यक्तिले आगो लगाउँदा पाँचजना घाइते भएका छन् ।

ad

काठमाडौंको चाबहिलनजिकै काठमाडौं महानगरपालिका वडा नम्बर ७ सरस्वतीनगर गोपिकृष्ण चलचित्र हलनजिकै घरमा आगलागी हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
तीन तले घरको तेस्रो तलामा बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले अत्याधिक मापसे गरी श्रीमतीसँग झगडा गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

आगलागी भएको भन्ने खबर पाएपछि प्रहरी सहायक निरीक्षक रामबाबु कुशवाहको कमाण्डमा प्रहरीको टोली खटिएको थियो
त्यसैबीच उनले कोठामा पेट्रोल छर्किएर आगलागी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

आगलागी हुँदा उनीसहित उनकी ४४ वर्षीया श्रीमती बिन्दु सिंह, जेठी छोरी २४ वर्षीया सुप्रिया, माइली छोरी १६ वर्षीया समृद्धि र ८ वर्षीया कान्छी छोरी सुहानी घाइते छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="