दाङ ,२४ जेठ । तुल्सीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थीहरूद्वारा विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरेका छन ।
पूर्व विद्यार्थीहरू समिर सेजुवाल र नारायण भुसालले विद्यालय स्तरमा हुने विभिन्न खेलहरुमा विद्यार्थीहरू लाई शिक्षासँगै खेलकुदमा जोड्नका लागि खेल सामग्रीहरू प्रदान गरिएको बताए । विद्यालय स्तरमै खेलाडी उत्पादनका लागि टेवा पुर्याउने र खेलप्रतिको रुचि बढोस् भन्ने उद्देश्यका साथ खेलकुद सामग्रीहरू प्रदान गरिएको हो ।
विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्ने थलो रहेको हुँदा यस्ता खेलकुद सामग्रीहरूबाट खेलाडीहरूको खेल विकासमा भूमिका रहने भन्दै खेलकुद सामग्रीहरू उपलब्ध गराएका हुन् ।
उनीहरू दुवैजना हाल अमेरिकामा रहेका छन् । विद्यार्थी हुँदा आफूहरू पनि खेलकुदमा धेरै चासो राख्ने हुँदा यसरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलप्रति आकर्षित गर्न र हौसला मिलोस् भने उद्देश्यले सामग्री उपहार दिएका हुन ।
भुसाल आफू पनि फुटबलको राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएको र यसरी विदेशमा रहँदा पनि खेलकुदको माया लाग्ने र विद्यालयले आफूजस्तै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोगी भूमिका निर्वाह गरोस् भनी खेल सामग्रीहरू पठाई दिएको विद्यालयका भाइस प्रिन्सिपल सोमराज बस्नेतले जानकारी दिए।
साथै विद्यालय परिवारलाई माया गरी यसरी खेलकुद सामग्री उपहार स्वरूप प्रदान गरेकोमा विद्यालयका प्रिन्सिपल वासुदेव रिजालले भुसाल र सेजुवाल दुवैलाई धन्यवाद व्यक्त गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस