after_navbar

मावि सेन्टरका पौडेललाई उत्कृष्ट प्रधानाध्यापक अवार्ड


जेठ २६, २०८१


तुलसीपुर, २६ जेठ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरेका छन् । प्रधानाध्यापक संघ नेपालले प्रअ पौडेललाई लुम्बिनी प्रदेशकाबाट उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्रदान गरेको हो ।

ad

उनलाइ संघले आज काठ्माण्डौमा आयोजना गरेको कार्यक्रममा नगद १० हजारसहित सम्मान गरेको हो । संघले लक्ष्मीदास मानन्धर स्मृति कोषबाट नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

ad

लुम्बिनी प्रदेशमै उत्कृष्ट प्रधानाध्यापक २०२४ को अवार्ड प्राप्त भएका पौडेल बिगत दुई दशक अघिदेखि शिक्षण पेशामा निरन्तर छन् ।

ad

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी पौडेलले मावि तुलसीपुर सेन्टरको परिवर्तनमा प्रधानाध्यापकको तर्फबाट महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानाध्यापक संघले उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको हो ।

उहाँले विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा उल्लेखनिय भूमिका खेलेको संघले जनाएको छ ।

विस २०६० सालदेखि शिक्षण पेशामा रहेका प्रअ पौडेल तुलसीपुर-६ मा रहेको मावि तुलसीपुर सेन्टरमा २०६६ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छ्न।

उनी विद्यालयमा प्रधानाध्यापक भएर आएपछि विद्यालयको भौतिक एवं शैक्षिक प्रगति उल्लेख्यरुपमा देखिएको छ । सामुदायिक विद्यालयप्रति विश्वास घट्दै गएको अवस्थामा मावि तुलसीपुर सेन्टरमा भने विद्यार्थीको चाप अत्याधिक छ ।

प्रअ भएर आउँदाको समयमा विद्यालयमा २ सय ५० विद्यार्थी थिए । तर पछिल्लो समय उनले  प्रअको जिम्मेवारी लिएपछि अहिले २ हजार ५ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रधानाध्यापक पौडेलले चालु शैक्षिक सत्रमा मात्रै विद्यालयमा पढाउने शिक्षकले यसै विद्यालयमै आफ्ना छोराछोरी पढाउनुपर्ने चुनौतिपूर्ण  निणर्य गरेका थिए।अहिले उक्त निणर्य कार्यान्वयनमा आइसकेको छ ।

उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुअघि विद्यालयमा भौतिक संरचनाको अभाव थियो । खानेपानीको व्यवस्था थिएन । विद्यालयमा पर्खाल थिएन । शिक्षक र विद्यालय व्यवस्थापन समिति आवश्यक समन्वयको अभाव थियो ।

तर पछिल्लो समय उनले प्रअको जिम्मेवारी सम्हालेपछि ति सबै समस्याको समाधान भएको छ । अहिले विद्यालय मेघा विद्यालयको रुपमा संचालित छ । कक्षा १२ सम्म संचालित विद्यालयमा अहिले विभिन्न पाँच विषयमा प्राविधिक धारको पढाई समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="