after_navbar

इजरायलको आक्रमणमा एकैदिन २७४ प्यालेस्टाइनीको मृत्यु


जेठ २७, २०८१


काठमाडौँ,२७ जेठ । बन्धक बनाएका चारजना नागरिकलाई मुक्त गर्ने क्रममा भएको इजरायली बालबालिकासहित २७४ जनाको ज्यान गएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलका सेनाहरूले नुसेराट शरणार्थी शिविर र वरपर आक्रमण गरेको थियो ।

ad

नोभा म्युजिक फेस्टिभलबाट अक्टोबर ७ मा अपहरणमा परेका २६ वर्षीय नोआ अर्गामानी, २२ वर्षीय अल्मोग मीर जान, २७ वर्षीय आन्द्रेइ कोज्लोभ र ४१ वर्षीया स्लोमी जिभलाई इजरायल फिर्ता गरिएको छ । इजरायली सेनाले पनि उक्त कारबाहीमा १सय भन्दा कम मानिसको मृत्यु भएको अनुमान गरेको छ।

ad

बीबीसीको रिपोर्ट अनुसार गाजाबाट प्राप्त पछिल्लो तथ्याङ्कले यदि पुष्टि भयो भने, यो द्वन्द्वको अहिलेसम्मकै सबैभन्दा घातक दिनहरूमध्ये एक हुनेछ ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दुई घण्टाको अभियानमा मारिएका २७४ प्यालेस्टाइनीमध्ये ८६ जनाको नाम सार्वजनिक गरेको छ।

ad

घना बस्तीमा बसोबास गर्ने मानिसहरूले तीव्र बमबारी र भारी गोलीबारीको आतंककोबारेमा बताएका छन् । अब्देल सलाम दरविस नामका एक व्यक्तिले बीबीसीलाई बताएअनुसार उनी बजारमा तरकारी किन्दै थिए जब उनले माथिबाट लडाकु विमान र बन्दुकको आवाज सुने। त्यसपछि मानिसका शव टुक्रा–टुक्रा भएर सडकमा छरिएका थिए र भित्तामा रगतले लतपतिएका थिए ।

बन्धकहरूलाई उनीहरूको परिवारमा फर्काएपछि इजरायलमा उत्सव छाएको छ र अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्व नेताहरूले उनीहरूको रिहाइको खबरलाई स्वागत गरेका छन्।

तर गाजा भित्रको अपरेसन घातक भएको भन्दै युरोपेली संघका विदेश मामिला प्रमुख जोसेप बोरेलले भर्त्सना गरेका छन् । ’गाजाबाट नागरिकहरूको अर्को नरसंहारका रिपोर्टहरू डरलाग्दा छन्,“ उनले एक्समा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="