बैतडी, २८जेठ । विपद् प्रतिकार्य तथा उद्धारसम्वन्धी अभ्यास गर्दै गर्दा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । पानीमा डुवेका समयमा कसरी उद्धार गर्ने भन्ने सम्वन्धी डेमो देखाउँने क्रामा सोबमार बिहान सशस्त्र प्रहरीका जवान नरेन्द्र सिं धामीको सेती नदीमा डुबेर मृत्यु भएको हो ।
बझाङ सदरमुकाम नजिक भोपुर दरबारमा बाढीमा डुबेका व्यक्तिको उद्धारसम्बन्धी (डेमो) अभ्यासका क्रममा चैनपुर साना सहरी खानेपानी आयोजनाको ट्यांकी नजिक धामी बेहोस भएका थिए । उनी नदीमा टाँगिएको डोरीको साहारामा उद्धार अभ्यास गरिरहेका थिए ।
डुबेर बेहोस भएका उनलाई त्यहाँबाट उपचारको लागि जिल्ला अस्पताल पु¥याइए लगत्तै अस्पताले मृत्यु भएको घोषणा गरेको थियो । मृतक धामी विपद व्यवस्थापनसम्बन्धी तालिम प्राप्त व्यक्ति भएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र जयपृथ्वी नगरपालिकाको टोलीले विपद उद्धारसम्बन्धी संयुक्त अभ्यास गर्ने क्रममा उक्त घटना भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए । १० दिनदेखि चलिरहेको उक्त अभ्यासको सोमबार अन्तिम दिन हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस