काठमाडौँ,२८ जेठ। तीनै तहका सरकारको नगद मौज्दात बढेको नेपाल राष्ट्र बैँकले बताएको छ । १० महिनाको तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्र बैंकले सरकारी खातामा मौज्दात रकम बढेको उल्लेख गरेको हो ।
बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ वैशाख मसान्तसम्म बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ७९ अर्ब ७४ करोड रुपैयाँ मौज्दात छ ।
यो प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेतको कूल मौज्दात भएको बताइएको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ थियो । तथ्यांक अनुसार समीक्षा अवधिमा तीनै तहको सबै खातामा २ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढीले नगद मौज्दात बढेको हो ।
यस्तै यो समीक्षा अवधिमा प्रदेश सरकारहरूको कूल खर्च ९८ अर्ब ३४ करोड र स्रोत परिचालन १ खर्ब ५० अर्ब ६७ करोड रुपैयाँ छ । प्रदेश सरकारहरूको कूल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँड हुने राजश्वसमेत गरी १ खर्ब १३ अर्ब १३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजश्व ३७ अर्ब ५४ करोड छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस