काठमाडौँ,२९ जेठ । प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु भएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफल सुरु भएको हो ।
बैठकमा सांसदहरू प्रेम सुवाल, सांसद डा। अमरेशकुमार सिंह, पुष्पबहादुर शाह, बद्रीप्रसाद पाण्डेले खर्च कटौतीको प्रस्ताव पेश गरेका छन् । मन्त्रालयगत बजेटको छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट पारित गर्ने कानुनी व्यवस्था छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस