दाङ, ३० जेठ । तुलसीपुर र घोराहीका विद्यालयहरू दुई दिन बन्द हुने भएका छन् । अत्याधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि पालिकाहरुले दुइदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
केही दिनदेखी अत्याधिक तापक्रम बढेको र जसका कारण बालबालिकाहरुको स्वास्थमा प्रतिकुल असर देखा पर्न थालेपछि जेठ ३१ र ३२ गते दुईदिन पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए।
यसैगरी तुलसीपुर उपमहानगरपालिकाले पनि जेठ ३१ र ३२ गतेका लागि सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस