दाङ,३० जेठ । दाङको तुलसीपुरमा युवाहरुका लागि नमुना नगर सभाको अभ्यास गराइएको छ । स्थानीय पालिकामा नीति निर्माण, योजना तुर्जमा र बजेट वीनियोजन कसरी गरिन्छरु नागरिकका अधिकारको पूर्ण प्राप्तीका लागि युवाहरुको भूमिका कस्तो रहन्छ रु भन्ने विषयमा उक्त नगरसभाको अभ्यास गराइएको हो ।
युवालयको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका स्तरीय नगरयुवा सञ्जाल र नगर युवा परिषदको सहकार्यमा तीनसम्मको नगरसभा कार्यक्रम सञ्चालन गरिएको हो। युवाहरूलाई तीनदिन सम्ममा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गरेर नमुना नगर सभाको अभ्यास सञ्चालन गरिएको युवालयका कार्यक्रम संयोजक आरोही आचार्यले बताइन् ।
सबै वडाबाट र सबै क्षेत्रबाट युवाहरूलाई सहभागी बनाएर नेतृत्व विकासका लागि संसदीय अभ्यास गरिएको नुमना युवा संसद्का सचिव गणेश भण्डारीले बताए।
तीनदिनसम्म सञ्चालन भएको उक्त नगरसभाको समापनका अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले युवाहरुको नेतृत्व विकासका लागि यस्ताखाले अभ्यासहरु महत्वपुर्ण रहने बताएका थिए।
युवाशक्ति समाजको नेतृत्व र समृद्धिसँग जोडिने भएकाले उनीहरुका लागि नेतृत्व विकास सम्वन्धी तालिमहरु आवश्यक पर्ने बताएका थिए । समाजलाई परिवर्तन गर्ने परिकल्पनासँग युवाहरुको सोच जोडिनुपर्र्ने उनको भनाई थियो।
कार्यक्रमका सहभागी सोनीया थापाले पालिका तथा प्रदेशस्तरमा यस्तो संरचना निर्माण गरेर युवाको नेतृत्व विकासको काम गरेको बताइन् । । यस्ता अभ्यासले बोल्ने मात्रै नभएर नेतृत्व सभाको भूमिकासमेत युवाहरूले निभाउन सके सिकाइले सार्थकता पाउने उनको भनाई थियो।
सभाका लागि मतदातबाट प्रमुख, उपप्रमुख छनोट भएका छन् । सहमतिबाट छानिन नसकेपछि दुई समूह निर्वाचनमा गएका थिए । दुई समूहबाट निर्वाचनबाट एक÷एकजना निर्वाचित थिए ।
युवालयका अध्यक्ष शर्मिला थापाको अध्यक्षतामा नगरसभा अभ्यासको समापन गरिएको थियो ।कार्यक्रमको सहजीकरण नगरयुवा सञ्जालका सचिव गणेश भण्डारीले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस