after_navbar

लुम्बिनीमा ३९ अर्वको बजेट


असार ०२, २०८१


दाङ १ असार ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/२०८को बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८१/२०८का लागि ३९ अर्व बराबरको बजेट प्रस्तुत गरेका हुन ।

ad

आर्थिक मामिला मन्त्री आचार्यले बजेट भाषण प्रस्तुत गर्दै चालु बजेट रु ३८ अर्व ९७ करोड बराबरको बजेत सार्वजनिक गरेका हुन । जसमा ११ अर्व २४ करोड २७ लाख ८४ हजार र पुजिगत बजेट तर्फ रु २४ अर्व ५८ करोड ५९ लाख बजे विनियोजन भएको छ । वित्तीय हस्तान्तरण तर्फ ३ अर्व १४ करोड १३ लाख १६ हजार रहेको छ ।

महत्वपूर्ण र प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन नसकेको प्रदेश सरकारले बजेट पनि घाटाको बजेट ल्याएको छ । प्रदेशमा २८ अर्वको सर्वेक्षण भएको भए पनि आन्तरिक मामिला तथा योजना मन्त्रीले ११ अर्व रुपैया बजेट बढाएर ल्याएका छन । सिलिङभन्दा बढी बजेट ल्याउन सत्तारुढ दलहरुमा नै खटपट देखिदा तोकेको समय भनदा १ घण्टा ढिलो मात्रै बजेट सार्वजनिक गरिएको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झण्डै डेढ अर्व रुपैयाँ घटाएर आर्थिक बर्ष २०८१/२०८को बजेट ल्याएको हो ।

राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार यस वर्ष केहि घटेको मन्त्री आचार्यले बताए । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/२०८१ का लागि कुल ४०अर्ब ४७ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण चालु आवको भनदा कम बजेट ल्याउनु परेको आचार्यको भनाई छ । लुम्बिनी सरकारले उच्चदिगो तथा फराकिलो आर्थिक वृद्धिदरमा जोडदिइने बताएको छ । यसका लागि सम्भावित क्षेत्रको पहिचान गर्ने बताइएको छ । त्यसै गरि कृषिको व्यवसायीकरण गरि रोजगार सिर्जना गरि कृषि उत्पादन बढाउने गरि बजेट व्यवस्थापन गरिएको छ । त्यसै गरि साउन महिलना भित्र नीति तथा कार्यक्रम स्वीकृत गरि पुस भित्रमा कार्य विधि र निर्देशिका तयार पार्ने घोषण गरिएको छ ।
किसानको हात प्रदेशको साथ भन्ने नारा सहित कृषि क्षेत्रलाई प्राथाकितामा राखेर कृषिलाई आबश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्रीले जानकारी दिए । उनले भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिने बताए । सडक पूर्वाधार निर्माणमा बढि महत्व दिएर बजेट विनियोजन गरिएको छ । रोल्पा, अर्घाखाँची, वर्दिया लगायतका जिल्लामा ठूला सडक योजनाहरुलाई अर्वाै रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="