after_navbar

आमाहरुलाई कानून सिकाउँदै मेट्रो


असार ०५, २०८१



दाङ,४ असार ।
तुलसीपुर मेट्रो कलेज कानुन संकायले एकहजार आमाहरुलाई कानूनी ज्ञान प्रदान गर्न लागेको छ । आमा साक्षरता अभियान अन्तर्गत कलेजले तुलसीपुर उपमहानगरपालिका भित्रका सबै वडाका आमाहरुका लागि यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

ad

यो अभियान अन्तरगत आमाहरुका लागि आवश्यक पर्ने विभिन्न खालका कानूनी कुराहरु सिकाइने छ । ‘महिलाले आफ्नो अधिकारका बारेमा नजान्दा घरेलु हिंसाको सामना गरिरहनुपरेको छ त्यसैलाई रोक्नका लागि यस्तो अभियान सञ्चालन गरिएको हो’ कलेज प्रमुख आचार्यले बताए ।

ad

कानूनी साक्षरता अन्तर्गत न्यायिक समितिमा निरुपण हुने मुद्दा, महिला हिंसाका साथै महिला अधिकारका बारेमा संवैधानिक व्यवस्था सम्बन्धि विषयमा तालिम दिइएको अधिवक्ता विजय पोख्रेलले बताए । उनले महिलाका विभिन्न कानूनी समस्याका बारेमा पनि छलफल गरिने जनाए ।

ad

तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका महिलाहरुका लागि कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ । ‘महिलाहरुलाई आफ्नो अधिकारका बारेमा समेत थाहा नहुँदा उनीहरु पछाडि परिरहेका छन् ‘ उपप्रमुख स्यानी चौधरीले बताइन् । उनले कानूनी अज्ञानता क्षम्य नहुने भएकाले सबैले कानूनका बारेमा जानकारी लिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="