after_navbar

नाबालिकामाथि करणीको आरोपमा प्रहरी जवान पक्राउ


असार ०८, २०८१



काठमाडौँ,७ असार । जबरजस्ती करणी गरेको आरोपमा एकजना प्रहरी जवान पक्राउ परेका छन्। १७ वर्षिय नाबालिकामाथि करणी गरेको आरोपमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट पक्राउ परेका हुन्।

ad

पीडित नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए । एसपी रिजालले नाबालिकामाथि जरबजस्ती करणी गर्ने प्रहरी जवानलाई १६ जेठमै पक्राउ गरिएको बताए । तर, प्रहरीबाटै भएको जबरजस्तीकरणीको मुद्दा गुपचुपमा राखिएको थियो ।

एसपी रिजालका अनुसार प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा पटक–पटक जबरजस्तीकरणी गरेको जाहेरीमा छ । नाबालिकाले १६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी थिइन् ।

जाहेरीमा नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवान बोटले पटक–पटक जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।अन्तिम पटक ११ जेठमा पनि नाबालिका बस्दै आएको ३ नम्बर वडाकै कटुञ्जेस्थित छात्राबासको भान्सा कोठामा लगेर जबरजस्तीकरणी गरेको आरोप लगाइएको छ । पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ । जवान बोट र नाबालिकाबीच ७–८ महिना अगाडिदेखि नै चिनाजान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="